देशभर थप ४८ जनामा कोरोना पुष्टि, ६१ संक्रमणमुक्त

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७५ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ५५० जना महिला र १ लाख ७८ हजार ५६८ पुरुषमा कोरोना संक्रमण भएको हो ।

हालसम्म नेपालमा २ लाख ७१ हजार १७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६१ जना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म नेपालमा ३ हजार १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भने देशभर कसैको पनि कोरोनाले मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९२९ रहेको छ । क्वारेन्टीनमा ५१ जना छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ५१२ परिक्षण भएको छ भने हालसम्म २२ लाख १० हजार ४३४ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: