पोखराका ३६ सहित गण्डकीमा आइतबार थप ४३ जनामा कोरोना पुष्टि, ७७ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका ३६ सहित गण्डकी प्रदेशमा आइतबार थप ४३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ४३ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ३६ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङका ४ जना, तनहुँका २ जना र पर्वत एक जनामा पनि कोरोना देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ४१ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, वडा नं.३ का २० वर्षीय पुरुष, वडा नं. ७ का २३ वर्षीय पुरुष तथा ४६ र ७३ वर्षीया महिला, वडा नं.८ का ४८ र ५५ वर्षीय पुरुष, वडा नं.१० का २० र ३६ वर्षीया महिला, वडा नं.११ का २९ वर्षीय पुरुष, वडा नं.१२ का ६२ वर्षीय पुरुष, वडा नं.१४ का २८–२८ वर्षीय पुरुष तथा ४४ वर्षीया महिला, वडा नं.१५ का ६३ वर्षीय पुरुष, वडा नं.१७ का ३८, ८५ र ६६ वर्षीय पुरुष तथा ४४ र ५२ वर्षीया महिला, वडा नं.१८ का ४९ वर्षीय पुरुष तथा ७३ वर्षीया महिला, वडा नं.१९ का ४९ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.२३ की २३ वर्षीया महिला, वडा नं.२६ का ८२ वर्षीय पुरुष तथा २३ र ४५ वर्षीया महिला, वडा नं.३१ का ३३ र ३८ वर्षीय पुरुष तथा २८, ३६, ४० र २१ वर्षीया महिला, वडा नं.३२ की ४३ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।

बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. २ का २८ वर्षीय पुरुष, वडा नं.४ की ३१ वर्षीया महिला, वडा नं.७ की ४९ वर्षीया महिला, जैमिनी नगरपालिका वडा नं.१० की ३३ वर्षीया महिला, तनहुँको भिमाद नगरपालिका वडा नं.९ का ३७ र ६५ वर्षीया महिला, एवं पर्वतको कुश्मा नगरपालिका वडा नं.२ की १६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार २०३ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप ७७ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ८३७ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर १६१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १४७ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ४०१ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३२ हजार ९१७ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: