राष्ट्रपति भण्डारीको आह्वानमा सर्वदलीय बैठक बस्दै

Share:

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार सर्वदलीय बैठक बोलाएकी छन् ।

आज दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राष्ट्रपतिले दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकी हुन् ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: