
पोखरा । नेपाली बजारमा मंगलबार सुनको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलाको ८६ हजार ६ सयमै कारोबार भइरहेको छ ।
यसअघि सोमबार पनि छापावाला सुन तोलाको ८६ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।
यसैगरी, आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेको छ ।
आज चाँदी प्रतितोला १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
