पोखराबाट लागूऔषधसहित २ युवक पक्राउ

Share:

पोखरा । पोखराबाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

पृथ्वीराजमार्ग अन्तरगत पोखरा महानगरपालिका–३० पावरहाउसमा शनिबार राति ०९ः३० बजे चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ घरभई हाल रुपन्देही सिद्धार्थ नगरपालिका–९ गोलिगढ निवासी २० वर्षीय चुडामणि खतिवडा र रुपन्देही सिद्धार्थ नगरपालिका–३ भैरहवा निवासी १९ वर्षीय गुलाम हुसेन रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट डाईजापाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल, नुर्फिन ९९ एम्पुल गरी जम्मा २९९ एम्पुल र २ थान मोवाइल समेत बरामद गरेको छ ।

उनीहरुलाई लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: