
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गरेकी छन् ।
उनी बिहान ८ बजेर ४० मिनेटमा नेपाल एअरलाइन्सको उडानमार्फत ढाका प्रस्थान गरेकी हुन् । समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश गएकी हुन् ।
राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी त्रिभुवन विमानस्थलमा पुगेका थिए ।
आजै राष्ट्रपति भण्डारी र समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ । त्यस्तै प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेललगायत ५४ जना रहेका छन् ।
राष्ट्रपति भण्डारीको भ्रमणका पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केहि विषय, पशुपन्क्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेल वे र नेपाल–बंगलादेश यातायात सञ्चालनका विषयमा पनि सम्झौतापत्रमा हस्ताक्षर हुने जनाइएको छ ।
