पोखराका ४३ सहित गण्डकीमा सोमबार थप ४५ जनामा कोरोना पुष्टि, १३ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका ४३ जना सहित गण्डकी प्रदेशमा आज सोमबार थप ४५ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका ४५ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ४३ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ र स्याङ्जाका पनि एकएक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ६ का ३२ वर्षीय पुरुष, वडा नं.८ की ४८ वर्षीया महिला, वडा नं. १० का ३७, ३७ र ४८ वर्षीया महिला, वडा नं.१३ की ५४ वर्षीया महिला, वडा नं.१४ की २७ वर्षीया महिला, वडा नं. १६ का १८ देखि २६ वर्ष उमेर समुहका ३० जना, वडा नं. २५ की ४३ वर्षीया महिला, वडा नं. २७ की २० वर्षीया महिला, वडा नं. २८ की २० वर्षीया महिला, वडा नं. २९ की २० वर्षीया महिला, वडा नं. ३० की ४६ वर्षीया महिला, वडा नं.३१ का २० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

बाग्लुङको जैमिनी नगरपालिका वडा नं. ५ का ८३ वर्षीय पुरुष एवं स्याङ्जाको भिरकोट नगरपालिका वडा नं.५ की २७ वर्षीया महिलामा पनि कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ३६९ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप १३ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ९५६ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर २०८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १९३ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ६४६ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३४ हजार ४०८ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: