
पोखरा । बागलुङमा सवारी दुर्घटना हुँदा सात वर्षीय बालकको मृत्यु भएको छ ।
मङ्गलबार गलकोट नगरपालिका–६ मा भएको उक्त दुर्घटनामा भ्यानमा सवार बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौँबाट आएर यात्रु झारेपछि फर्काउने क्रममा सडकबाट २० मिटर तल खस्दा पिकअपमै बसेका गलकोट– ६ का नितु बस्नेतका सात वर्षीय छोरा निकेश बस्नेतको मृत्यु भएको हो ।
मङ्गलबारै बडिगाड–४ मा बा२०प २८८० नंको पिकअप सडकदेखि ६० मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते भएका छन् ।
उनीहरु दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
