पोखराका २६ सहित गण्डकीमा शुक्रबार थप २९ जनामा कोरोना पुष्टि, १५ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका २६ सहित गण्डकी प्रदेशमा आज शुक्रबार थप २९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका २९ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २६ जना छन् । तीसबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, तनहुँका २ जना र म्याग्दीका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की १७ वर्षीया महिला, वडा नं. ३ का ४४ वर्षीय पुरुष, वडा नं. ५ का २३ र ४८ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, वडा नं. ६ का ३८ वर्षीय पुरुष, वडा नं. ७ का २९ वर्षीय पुरुष तथा ७० वर्षीया महिला, वडा नं. १० का १५, ३८, ५० र ५८ वर्षीय पुरुष तथा ४३ र ५२ वर्षीया महिला, वडा नं.११ का ३२ वर्षीय पुरुष, वडा नं. १२ का ८० वर्षीय पुरुष, वडा नं.१३ का ३८ वर्षीय पुरुष, वडा नं. १६ का २७ वर्षीय पुरुष, वडा नं. १७ का ३४, ४० र ५७ वर्षीय पुरुष तथा ९९ वर्षीया महिला, वडा नं. ३० का ३० र ६१ वर्षीय पुरुष तथा २५ र २६ वर्षीया महिला मा कोरोना पुष्टि भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का १६ र १८ वर्षीय पुरुष एवं म्याग्दीको बेनी नगरपालिका वडा नं.१ का ३१ वर्षीष पुरुषमा कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ४८० पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप १५ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ९९८ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर २७७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २५८ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १६२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३५ हजार २१० नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: