
पोखरा । पोखरामा अवैध लागुऔषधसहित एक युवा पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–२७ डाँडाकोनाकमा खटिएको प्रहरी चेकिङ टोलीले आज बिहान ५ बजे बिरगंजबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९७५८ नं.को बस चेकजाँच गर्ने क्रममा सोही बसमा सवार जिल्ला कास्की पोखरा महानगरपालिका–२ अर्चलबोट बस्ने वर्ष २१ को राहुल श्रेष्ठलाई अबैध लागूऔषध नुरफिन ६ थान, डाईजपाम ६ थान र फेनरागन ६ थान सहित पक्राउ गरेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराकाअनुसार पक्राउ परेका श्रेष्ठ बारे थप अनुसन्धान भईरहेको छ ।
कमेन्ट गर्नुहोस्
