तनहुँमा कार दुर्घटना हुँदा एक घाईते

Share:

तनहुँ । तनहुँमा आइतबार कार दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।

आइतबार बिहान अन्दाजी १०ः२५ बजे आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस स्थित पृथ्विराजमार्गमा आँबुखैरेनीबाट मुग्लिन तर्फ जाँदै गरेको बा१४च ८२५५ नं.को कार आफै आनियन्त्रित भई सडकको दाहिने साईड नालिमा पल्टीएर दुर्घटना भएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार उक्त दुर्घटनामा कारमा सवार जिल्ला बारा जितपुर –७ बस्ने वर्ष ६६ को कृष्णहरी काफ्ले घाईते भई उपचारको लागि हाडजोर्नी अस्पताल आँबुखैरेनी तर्फ पठाएको छ । उनको अवस्था मध्यम रहेको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: