प्रतिनिधिसभा बैठक आज बस्दै

Share:

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

संघीय संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ ।

आज बस्ने बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ। यस्तै संविधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यस्तै प्रधानन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: