
पोखरा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुन ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
