
पोखरा । कास्कीमा आफ्नै शिशु मारेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
बिहीबार बिहान ११ः३० बजे ४२ दिनको आफ्नै नवजात शिशुलाई कर्तव्य गरी मारेको आरोपमा बाग्लुङ ढोरपाटन– ३ घोसाखानी घर भई कास्कीको अन्नपुर्ण गाँउपालिका २ नौडाँडा बस्ने २२ वर्षीया गिता कुँवर सुनारलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिए ।
सुनारलाई कर्तव्य ज्यान मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
