
पोखरा । कास्कीका १८ सहित गण्डकी प्रदेशमा आज मंगलबार थप २७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका २७ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १८ जना छन् । तीमध्ये माछापुच्छ्रे गाउँपालिकाका ३ जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ७ जना, तनहुँ र पर्वतका एक,एक जनामा पनि कोरोना संक्रमण भएको हो ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ६ का २९ वर्षीय पुरुष तथा ५२ वर्षीया महिला, वडा नं.७ का ६६ वर्षीय पुरुष तथा ४० र ८७ वर्षीया महिला, वडा नं.८ का ३९ वर्षीय पुरुष तथा ७० वर्षीया महिला, वडा नं.१३ की ३४ वर्षीया महिला, वडा नं.१७ का ३३ र ५९ वर्षीया महिला, वडा नं.१८ की ३२ वर्षीया महिला, वडा नं.२९ की ३६ वर्षीया महिला, वडा नं.३० का ३६ र ५८ वर्षीय पुरुष, वडा नं.३३ की ४१ वर्षीया महिला, माछापुच्छ्रे गाउँपालिका वडा नं.४ का ३०, ३७ र ३८ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.२ का २८ वर्षीय पुरुष, वडा नं.४ का १७ वर्षीय पुरुष तथा १८ वर्षीया महिला वडा नं. ५ की ४९ वर्षीया महिला, धौलागिरी अस्पतालका १३, १८ र १९ वर्षीया महिला, तनहुँको शुक्लागण्डकी वडा नं.१२ का ५१ वर्षीय पुरुष एवं पर्वतको कुश्मा नगरपालिका वडा नं.७ का ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।
यो संँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ७४० पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप ४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १६ हजार १६३ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर ३७२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३३८ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १८९ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३६ हजार ९०६ नमुना परिक्षण भएको छ ।
