गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

Share:

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका हुन् ।

दुबै मन्त्रीले बुधबार मुख्यमन्त्री पृथ्बी सुबा गुरुङसमक्ष प्रदेशसभा बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।

बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै राजीनामा दिन निर्देशन दिएको थियो ।

यद्यपि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा भने गरेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: