पोखराका ३६ सहित गण्डकीमा शुक्रबार थप ४० जनामा कोरोना पुष्टि, ३० संक्रमणमुक्त

Share:

पोखरा । पोखराका ३६ सहित गण्डकी प्रदेशमा आज शुक्रबार थप ४० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका ४० जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ३६ जना छन् । तीसबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङका ३ जना र म्याग्दीका एक जनामा पनि कोरोना संक्रमण भएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.२ का २१, ३७ र ५६ वर्षीय पुरुष तथा २२ वर्षीया महिला, वडा नं. ५ का ३२ वर्षीय पुरुष, वडा नं. ६ का २४ र ५६ वर्षीय पुरुष, वडा नं.८ का १३ वर्षीय बालक सहित २८ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, वडा नं.९ का ४४ र ४९ वर्षीय पुरुष तथा १९ र ४१ वर्षीया महिला, वडा नं.१० का १५ वर्षीय पुरुष तथा १८ र ४३ वर्षीया महिला, वडा नं.११ का २४ र २८ वर्षीय पुरुष तथा ४६ वर्षीया महिला, वडा नं.१२ का ३५ र ४५ वर्षीय पुरुष, वडा नं. १४ की ३४ वर्षीया महिला, वडा नं.१५ का १५ वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं.१६ का ३० वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, वडा नं. १७ की ३४ वर्षीया महिला, वडा नं.१९ का ३४ वर्षीय पुरुष, वडा नं.२० की २९ वर्षीया महिला, वडा नं.२३ का ३० वर्षीय पुरुष, वडा नं.२६ का २५ वर्षीय पुरुष, वडा नं.२९ का ५३ वर्षीय पुरुष तथा ५२ र ५६ वर्षीया महिला, वडा नं.३२ की ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. १ का ३६ र ७१ वर्षीय पुरुष तथा २० वर्षीया महिला एवं म्याग्दीको जलजला गाउँपालिका वडा नं.७ की १७ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १६ हजार ८६८ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा थप ३० जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १६ हजार २४५ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर ४१८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३८४ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १९३ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३७ हजार ४१३ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: