
पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि औपचारिक पहल सुरु गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार नेकपा माओवादी र जनता समाजवादी पार्टीसँग नयाँ सरकारको समिकरणबारे औपचारिक छलफल गरेका हुन् । सभापतिको निवास बुढानिलकण्ठमा भएको तीन दलको बैठकमा नेपाल कम्युनिष्ट पार्टी माओवादी र जनता समाजवादी पार्टीको बीच सत्ता समिकरणको विषयमा छलफल भएको छ ।
सभापति देउवाले कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राख्दै त्यस सम्बन्धमा धारणा माग गरेका थिए । कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा नेकपा माओवादी सकारात्मक रहे पनि जसपाका नेताहरूले पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै केही समय माग गरेका छन् ।
