
पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार सयले घटेको छ ।
आज छापावाल सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ रहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला चाँदी १२८० रुपैयाँमा कारोबार भएकोमा आज १२७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
