कास्कीका ३४ सहित गण्डकीमा आइतबार थप ३९ जनामा कोरोना पुष्टि, २९ संक्रमणमुक्त

Share:

पोखरा । कास्कीका ३४ सहित गण्डकी प्रदेशमा आज आइतबार थप ३९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ३९ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ३४ जना छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकाका ३ जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ र स्याङ्जाका २/२ जना र पर्वतका एक जनामा पनि कोरोना संक्रमण भएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ३७ र ३९ वर्षीय पुरुष, वडा नं.२ का ३४ वर्षीय पुरुष, वडा नं.३ का २८ र ५५ वर्षीय पुरुष, वडा नं.५ का ४८ वर्षीय पुरुष तथा २२ वर्षीया महिला, वडा नं.६ का ७० वर्षीय पुरुष तथा ३२ र ३५ वर्षीया महिला, वडा नं.७ का ५० र ६५ वर्षीया महिला, वडा नं.८ का २७, ५४ र ५५ वर्षीय पुरुष तथा ४४ र ५४ वर्षीया महिला, वडा नं.१६ का ४३ र ६३ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, वडा नं.१७ का ४२ र ४५ वर्षीय पुरुष, वडा नं.२२ की ६० वर्षीया महिला, वडा नं.२६ का ४२ वर्षीय पुरुष तथा १८ वर्षीया महिला, वडा नं.३० का ३३ र ७२ वर्षीय पुरुष तथा ६३ वर्षीया महिला, वडा नं.३२ का ६२ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.३३ का ५८ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिका वडा नं.१ का २६ वर्षीय पुरुष तथा ३० र ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.२ की २६ वर्षीया महिला, वडा नं. १० का ४७ वर्षीय पुरुष, स्याङ्जा फेदिखोला वडा नं.१ का ३८ वर्षीय पुरुष, पुतलीबजार वडा नं.३ का ४० वर्षीय पुरुष एवं पर्वत कुश्मा वडा नं.१ की ९ वर्षीया बालिकामा कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १६ हजार ९०७ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा थप २९ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १६ हजार २७४ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर ४२८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३९२ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २११ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३७ हजार ६२४ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: