
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १४ करोड नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ८ लाख ३० हजार ५२ जनामा कोरोना संक्रमण भएसँगै संक्रमितको कुल संख्या १४ करोड ५ लाख ४ हजार ९९४ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप १२ हजार ५१४ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३० लाख ११ हजार ५०१ पुगेको छ ।
हाल विश्वभर ११ करोड ९३ लाख ९५ हजार ४६३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ६ लाख १८ हजार ९६३ जना निको भएका हुन् ।
विश्वभर १ करोड ८० लाख ९८ हजार ३० सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ७ हजार २१ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २३ लाख ५ हजार ९१२ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४८ लाख ३६ हजार १८७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ७९ हजार ९४२ पुगेको छ ।
हाल अमेरिकामा ६८ लाख ८९ हजार ७८३ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ७१२ गम्भिर बिरामी रहेका छन् ।
