कास्की जिल्लाभर भोलि बिहान ७ देखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने

Share:

पोखरा । कास्की जिल्लाभर भोलि आइतबार बिहान ७ बजेबाट दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

पोखरा ग्रीड सव–स्टेसनमा मर्मत हुने भए पछि कास्की जिल्लाका सबै स्थानमा भोलि विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।

सव–स्टेसन मर्मत कार्य तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएको अवस्थामा भने विद्युत् आपूर्ति नियमित गरिने नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: