
पोखरा । कास्कीका ७९ सहित गण्डकी प्रदेशमा आज बुधबार थप १४३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका १४३ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ७९ जना छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकाका ६ जना छन् भने अन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ५० जना, स्याङ्जाका ६ जना, तनहुँका ४ जना, पर्वतका ३ जना र गोरखाका एक जनामा पनि कोरोना संक्रमण भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ४०६ पुगेको छ ।
यसैगरी, पोखरामा आज थप दुई कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २११ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप ३९ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ५३१ पुगेको छ ।
हाल प्रदेशभर ६६४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ६२४ जना रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ४६७ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ४० हजार ३८१ नमुना परिक्षण भएको छ ।




