शिब रात्रीमा पोखरामा धुनि जगाउन सुरु

Share:

माधब पनेरु  पोखरा, फागुन ५ /महाशिबरात्रीको अबसरमा पोखरा र आसपासका जिल्लाहरुमा रहेका शिबालयहरुमा दर्शनातर्थीको दिनभर भिड रह्यो ।
बिहानै देखि महिलाहरु नुहाएर मन्दीरमा गएर शिबजी को मुर्तिमा दुध तथा फलफुल चढाएर दिनभर व्रत बसे । हिन्दु महिलाहरुले दिनभर भोको बसेर बेलुका शिबजीको पुजा गर्नाले मनले आँटेको मनोकामना पुरा हुने , पतिको लामो आयुहुने बिस्वास गर्छन ।

शिबालयहरुमो धुप र फलफुल तथा दुध चढाउनेहरुको भिड भएपछि पोखराको केदारेश्वर,बिन्धबासिनी तथा नारायणथानमा दर्शनका लागि बिषेश ब्यबस्था गरीएको थियो । शिबजीको बुटी भन्दै पुरुषहरुले गाँजा तथा भाँङ्ग खाने गर्दछन । बेलुका चोक,चोकमा जम्मा भएर मानिसहरु धुनि जगाउने र उखू पडकाउने तयारी गरिरहेका छन ।

टोल,टोलमा युवाहरुले शिब धुनि जगाउने भन्दै आगो बाल्ने तयारी गरेका छन । त्यस्तै शिब मन्दीरहरुमा पनि शिबधुनि जगाउने तयारी भैरहेको छ । आगोमा उखँ संगै अन्य दुधका परिकारहरु बनाएर गाँजा मिसाएर खाने चलन छ । नेपाली समाजमा गाँजा अबैध मानिए पनि शिबरात्रीमा गाँजा सेवनमा प्रहरी पनि केही खुकुलो बनेको अनुभव गरिएको छ ।

यो बर्ष पोखरामा मात्र ढेड करोडको उखँु भित्रिएको छ । हिन्दु धर्म अनुसार बिभिन्न चार प्रमुख रात मध्ये एक महत्वपुर्ण रात मानिने भएका कारण आज रातभर धुनि जगाएर बस्ने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: