हलेसी दर्शन गरी फर्केको बस दुर्घटना हुँदा १ जनाको मृत्यु

Share:

काठमाडौँ । खोटाङको हलेसी महादेवको दर्शनपछि फर्केको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान करिब ११ बजे खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ कदुवास्थित मध्यपहाडी लोकमार्गमा हलेसी दर्शन गरी सप्तरी फर्केको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । ३९ जना यात्रु बोकेको बस दुर्घटना हुँदा अन्य १६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रहरीका अनुसार सो दुर्घटनामा बसका सहचालक सिन्धुली घ्याङलेक गाँउपालिकाका २५ वर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा अबरुद्ध भएको सडक दिउँसो सँवा २ बजे जेसिबी लगाएर बसलाई साईड लगाइ बाटो सूचारु गराएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: