
पोखरा । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण परीक्षाहरू सञ्चालन गर्न सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
यससँगै वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो।
कमेन्ट गर्नुहोस्
