
पोखरा । पोखरामा आज एउटा आयुर्वेद फार्मेसी शिल गरेको छ । स्थानीय प्रशासनले कास्कीको पोखरा महानगरपालिका–१४ मा रहेको रक्त आर्युवेद फार्मेसी शिल गरेको हो ।
पोखरा–२९ का जीवन सुनारले संचालन गरेको सो फार्मेसीले विगत केही समयदेखि चिकित्सकको प्रेस्कृप्सन बिना बेच्न नहुने औषधी बेचविबखन गरेको भन्ने सूचनाका आधारमा प्रशासनले आज अनुगमन गरेको हो ।
अनुगमनका क्रममा प्रेस्कृप्सन बिना औषधी बेचेको, सम्बन्धित संचालक बाहेक अर्कै व्यक्तिले फार्मेसी संचालन गरेको पाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कास्कीका सहायक प्रमूख जिल्ला अधिकारी, पोखरा महानगरपालिकाको वडा नं १४ का वडाध्यक्ष, स्वास्थ्य कार्यालयका प्रतिनिधि र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीसहित खटिगई अनुगमन गरिएको थियो ।
अनुगमन टोलीले फार्मेसी शिल गरेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
