पोखरामा उपचारका क्रममा म्याग्दीका कोरोना संक्रमितको मृत्यु

Share:

पोखरा । पोखरामा थप एक कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा म्याग्दीको मंगला गाउँपालिका– ६ का ७६ वर्षीय संक्रमित पुरुषको आज मंगलबार मृत्यु भएको हो ।

ती पुरुषमा बैशाख १७ गते शुक्रबार कोरोना पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३३ पुगेको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: