
काठमाडौं, फाल्गुन ९ । यमनका पूर्वराष्ट्रपति अब्द्राब्बुह मन्सुर हादी राजधानी सानाबाट भागेर दक्षिणी सहर एडेन पुगेका छन् ।
विद्रोही हुथीले जबर्जस्ती राजीनामा दिन बाध्य पारेपछि उनी हप्तौदेखि आफ्नै निवासमा नजरबन्दमा थिए । मुलुक सन्चालनका लागि विपक्षी पार्टीहरुले अन्तरिम परिषद् गठनमा सहमति जनाएको भोलिपल्टै हादी राजधानीबाट भागेको बीबीसीले जनाएको छ ।

तर उनलाई निवास छाड्न कसले अनुमति दियो भन्नेबारे केही खुलेको छैन । यमन शिया समूह हुथी विद्रोहीको कब्जामा पुगेपछि संकटमा फसेको छ ।
गत सेप्टेम्बरमा हुथी विद्रोहीले साना कब्जामा लिएपछि उनीहरुले संसद विघटन गर्दै राष्ट्रपतिय परिषदसमेत गठन गरेका थिए । (एजेन्सी)
कमेन्ट गर्नुहोस्
