प्रदीप खड्काले समर्थन गरे पुकार बमलाई

Share:

काठमाडौं :  पछिल्लो पुस्ताका सर्बाधिक रुचाइएका नायक प्रदिप खडका र निर्माता तथा निर्देशक सन्तोष सेनले काठमाडौ क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाइ समर्थन गरेका छन  ।

बिहीवार नायक खड्काको टीमले पुकार बमलाई भेटेर दलहरुबीच देखिएको सिन्डिकेट र मिलिभगतले जनतालाइ चरम निरासा दिएको बताए । ‘यो चङ्गुलबाट निस्किनको निम्ति भरपर्दो विकल्प  निर्माणमा काम गर्न पुकारजीलाई शुभकामना छ ‘,नायक खड्काले भने ।

कलाकारहरुले समाजमा सहिलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताए ।

साथसाथै उम्मेदवार पुकार बमले प्रेम गित ३ अन्तर्राष्ट्रिय बजारमा पुर्याएर नेपाली चलचित्रको अन्तराष्ट्रियकरणमा प्रदीप र सन्तोषको टिमले  खेलेको भुमिकाको लागि धन्यवाद दिएका थिए  ।

राष्ट्रिय स्वतन्त्र पार्टिको समर्थनमा काठमाण्डौं क्षेत्र नं १ मा उम्मेदवार रहेका बमले महानायक राजेश हमालदेखि विभिन्न कलाकारहरुले समर्थन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: