राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

Share:

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफैंलाई मतदान गरेका छन्। आइतबार बिहान अध्यक्ष लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका-१ गोल्धापस्थित वडा कार्यालय परिसरमा निर्माण गरिएको मतदान केन्द्रबाट आफैंलाई मतदान गरेका हुन्। 

लिङ्देन झापा ३ बाट प्रतिनिधिसभातर्फका उम्मेदवार छन्। एमालेसँग चुनावी तालमेल गरेका लिङ्देनको प्रतिस्पर्धा पाँच दलीय गठबन्धनबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग छ। 

कमेन्ट गर्नुहोस्
Share: