उदयपुर-२ मा एमालेका रायमाझी विजयी

Share:

उदयपुर : जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सद स्यमा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी विजयी भएका छन् । उनले १५ हजार दुई सय ५१ मत ल्याए । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार आठ सय ९३ मत ल्याए ।

स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार तीन सय मत ल्याउँदै तेस्रो भए । निर्वाचन अधिकृतको कार्यालय कटारीका निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार यस क्षेत्रमा कूल ४४ हजार आठ सय ७५ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा चार गाउँपालिका र एक नगरपालिका पर्छन् ।

कमेन्ट गर्नुहोस्
Share: