ससुरालाई हत्या गर्ने दुई बुहारी पक्राउ

282
0
Share:

रेम बिक पोखरा, १८ फागुन । आफ्नै ससुराको हत्या गर्ने बुहारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । रक्सी सेवन गरेर जथाभावी बोलेको निहुँमा कास्की घान्द्रुक २ की विवा बिक र मनिता बिक मिलेर ससुरा खड्गसिंह बिकलाई कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बुहारीहरु मिलेर फागुन १४ गते ससुरालाई रक्सी सेवन गरि जथाभावी बोलेको भन्दै लाठी, लात्ती, मुक्कासँगै सिस्नो पानीले हानेर कुटेको प्रहरीले जनाएको छ । मरणासन्न हुने गरि कुटपिट गरेको दुई दिनपछि वर्षीय खड्गसिंहको मृत्यु भएको थियो ।

कुटपिट गरेको दुई दिनपछि फागुन १६ गते दिउँसो खड्गसिंहको मृत्यु भएको थियो । सोहि कुटपिटकै कारण खड्गसिंहको मृत्यु भएकोले बुहारीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको कास्की प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: