प्रेस चौतारी कास्कीको अध्यक्षमा माधब बराल निर्वाचित

276
0
Share:

पोखरा २४  फागुन । प्रेस चौतारी कास्कीको अध्यक्षमा माधब बराल निर्बाचित भएका छन् । शनिवार सम्पन्न सातौ अधिबेशनबाट उनि आगामी तीन बर्षे कार्यकालको लागि निर्वाचित भएका हुन् ।

नेतृत्वको लागि भएको मतदानमा बरालले अर्का प्रतिश्पर्धि गोविन्द सुबेदीलाई ७५ मत अन्तरले हराउदै उनि अध्यक्षमा निर्बाचित भएका भएका हुन् । बरालले १ सय १९ मत प्राप्त गर्दा सुबेदीले ४४ मत मात्रै पाएका थिए ।

त्यस्तै उपाध्यक्षमा राम्जी लम्साल निर्वारोध चयन भएका छन् । सचिब पदको लागि भएको प्रतिश्पर्धामा अर्जुन गिरी ८४ मत सहित बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एक राज गिरीले ७८ मत प्राप्त गरी पराजित भए ।

सहसचिबको लागि तीन जना बिचको प्रतिश्पर्धामा मोतिसागर अधिकारी निर्बाचित भए । उनले ६८ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी रञ्जन अधिकारीले ६० मत ल्याए भने अर्का उमेदवार कमल सुबेदीले ३६ मत प्राप्त गरे ।

कोषाध्यक्षमा भने राजाराम पौडेल सर्बसम्मत भए । खुल्ला सदस्यमा दिपक प्रसाद पौडेल, कृष्णराज आचार्य, भगवान गिरी, गौरव त्रिपाठी, दुर्गा प्रसाद शर्मा र प्रभु अधिकारी चयन भए । जनजातिबाट दिल बहादुर गुरुङ, अल्पसंख्यक तर्फ काशिनाथ कुमाल, महिला तर्फ लक्ष्मी जिसी र दलित कोटाबाट सुरेश सुनार सदस्यमा चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित बरालले निर्बाचनको प्रतिश्पर्धालाई बिर्सेर एक जुट हुन सबैलाई आग्रह गरेका छन् । उनले आगामी दिनमा सबै अग्रज, सहकर्मी र नवप्रबेशीलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्षमा पराजित उमेदवार गोबिन्द सुबेदीले प्रजातान्त्रीक पद्धतिबाट चुनिएको कार्यसमिति भएकाले आफ्नो पूर्ण साथ र सहयोग रहने जनाएका छन् । उनले निर्बाचित कार्यसमितिलाई बधाई दिए ।

कमेन्ट गर्नुहोस्
Share: