
बहुप्रतिक्षित चलचित्र ‘नाई नभन्नु ल ३’को नया गीत सार्वजनिक गरिएको छ । संयोग योगीको आवाजमा सजिएको” यो मन ढुंगा भए हुन्थ्यो ” बोलको गीतले “नाई नभन्नु ल २ ”को मर्ने कसैलाई रहर हुदैन ‘बोलको गीतलाई टक्कर दिन सक्ने अनुमान गर्न सकिन्छ । सार्वजनिक गीतमा बसन्त सापकोटाको संगीत बिकाश आचार्य को शब्द रहेको छ ।
यस अघि सार्वजनिक भएको चलचित्रको गीतलाई दर्शक तथा स्रोतले ठिकै मन पराए पनि अहिले सार्वजनिक गीत चल्नेमा चलचित्र युनिट दुक्का देखिन्छ ।बाल कलाकार द्धय अनुभव रेग्मी र सफला भट्टराई को साथमा आर्यन सिग्देल , प्रियँका कार्की , सुरज सिह ठकुरी , संचिता लुईटेल , सयंम पुरी र आस्मा डि सी लगाएत ले चलचित्रमा अभिनय गरेका छन् ।
पारिवारिक तथा प्रेम कथामा आधारित चलचित्र लाई नब निर्देशक मुस्कान ढकाल ले निर्देशन गरेका छन् ।“नाई नभन्नु ल ”र “नाई नभन्नु ल २ ” को सफलता पछि “नाई नभन्नु ल ३ ” निर्माण गरिएको हो , जसको लागानी प्रर्दशन मिति सम्म करिब ७० लाख पुग्ने निर्माण पक्ष ले जनाएको छ ।
निर्माता बिकास आचार्य ले “नाई नभन्नु ल ४ ” को निर्माण गर्ने जनाईसकेका छन् । बिकास आर्चायको लेखन तथा निर्माण तथा मा बनेको “नाई नभन्नु ल ३ ” आगामी चैत्र २७ गते रिलिज हुदैछ ।
