नेपालमा व्यापक भ्रष्टाचार बढेको भन्दै बेलायत फायर / सम्पूर्ण सहयोग रोक्ने चेतावनी

439
0
Share:

काठमाण्डु, १४ चैत / बेलायतले नेपालमा व्यापक भ्रष्टाचारको अन्त्य नभए नेपाललाई दिँदै आएको सम्पूर्ण सहयोग रोक्ने चेतावनी दिएको छ ।

बेलायती संसदको अन्तर्राष्ट्रिय विकास समिति (आईडीसी) ले शुक्रबार प्रतिवेदन प्रस्तुत गर्दै यस्तो चेतावनी दिएको हो । संक्रमणकालको फाइदा उठाएर मुलुकमा भ्रष्टाचार बढेको चर्चा भइरहेका बेला नेपालको प्रमुख सहयोगी राष्ट्रका रुपमा रहेको बेलायतले यस्तो घोषणा गरेको हो ।

UK flag - Copyयो घोषणासँगै नेपालमा हुँदै आएको समग्र वैदेशिक सहयोग र यसको निरन्तरतामा समेत प्रश्नचिन्ह खडा भएको छ । सार्वजनिक भएको प्रतिवेदनअनुसार नेपालमा विद्यमान भ्रष्टाचारको ‘रोग’ नहटे बेलायतबाट नेपालका लागि हुँदै आएको सम्पूर्ण सहयोग रोक्नुपर्ने उल्लेख गरिएको छ । बेलायतको यो निर्णयले नेपालको विकास निर्माण कार्यमा ठूलै धक्का लाग्नेछ ।

बेलायतको प्रख्यात अन्तर्राष्ट्रिय समाचार संस्था थमसन रोयटर्स फाउण्डेशनका अनुसार लामो समय लगाएर गरिएको सो अध्ययनमा नेपालमा भएको सहयोगको अधिकांश हिस्सा भ्रष्टाचार भएको र सहयागको प्रभावकारिता नभएको उल्लेख छ ।

सो प्रतिवेदनमा नेपालमा भ्रष्टाचारविरुद्ध लड्ने अवस्था सिर्जना नभएसम्म सहयोग रोक्नुपर्ने उल्लेख छ । बेलायतले नेपालमा यसवर्ष मात्रै ८६ लाख पाउण्ड (१ सय २८ मिलियन अमेरिकी डलर) सहयोग गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: