
काठमाडौं, चैत २३ / मोफसलको झापा–११ रेडबुल राष्ट्रिय लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। सोमबार जगदम्बा लुम्बिनी फुटबल क्लबलाई उसकै घरेलु मैदान बुटबलमा कर्ण लिम्बुको ह्याट्रिकको मद्दले ३–१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो।
सोमबारको खेलसँगै झापा ३ खेलबाट ६ अंकका साथ तालिकामा तेस्रो स्थानमा उक्लियो हो । पुकार गहतराजले लुम्बिनीका लागि पेनाल्टीबाट गोल गरेका थिए।
यस्तै,धनगढीमा आजै भएको खेलमा घरेलु टोली सुदूपश्चिमान्चल फुटबल क्लब कैलालीले पूर्वाञ्चलको मोरङ ११सँग १–१ गोलको बराबरी खेलेका छन्।
यो बराबरीसँगै कैलाली र मोरङले पनि अंक तालिकामा खाता खोलेका छन् ।
कमेन्ट गर्नुहोस्
