
पोखरा, ३० चैत। विष्णु पादुका क्लवको आयोजनामा हेमजामा शुरु भएको छैटौ हेमजा आलु महोत्सवको सोमबार सम्पन्न भएको छ । महोत्सव सोचै भन्दा राम्रो भयो महोत्सव मुल आयोजक समितिका संयोजक रमेश कार्कीले भने–महोत्सवमा सहयोग गर्ने सवैलाई धन्यवाद दिन चाहान्छु ।
महोत्सवम भित्र र वाहिर गरि करिव तिन करोडको आलुको कारोवार भएकोले एक लाख २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख कृष्णबहादुर राउतले आलु खेती हेमजाको पहिचान भएको बताउदै जग्गालाई प्लटिङबाट बचाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला कृषी कार्यालय कास्कीका बरिष्ठ कृषि बिकास अधिकृत रमेश कोईराला, पशु सेवा केन्द्र हेमजाकी प्रमुख गोमा श्रेष्ठ, बिष्णुपादुका क्लब हेमजाका सचिब राजेन्द्रसिंह थापाले आफ्ना भनाई राखेका थिए ।
समापनको अबसरमा उत्कृष्ठ कृषकलाइ्र्र सम्मान गरीएको थियो भने शोभायात्रामा उत्कृष्ठ झाँकी प्रस्तुत गर्नेलाई पुरस्कृत गरीएको थियो। महोत्सब मुल आयोजक समितिका संयोजक रमेश कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष महेन्द्रसिंह थापाले स्वागत र महासचिब भिमप्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
