शुभकामना कपमा एपेक्स र भदौरे युवा क्लबको बिजयी सुरुवात

Share:

पोखरा २ बैशाख । हेमजा युनाईटेडले नबबर्ष २०७२ को अबसरमा आयोजना गरेको दोस्रो शुभकामना कपमा बुधबार दुई खेल सम्पन्न भएका छन । बुधबार बिहान एपेक्स क्लब ख र रत्नसमाज युवा क्लबबीच भएको पहिलो खेलमा एपेक्स क्लब ६–३ गोलअन्तरले बिजयी भएको छ । एपेक्सको जितमा जर्सी नं. २२ का सुनिल सुबेदीको ठुलो भुमिका रह्यो । उनले सो खेलमा ह्याट्रिक गर्दै म्यान अफ दी म्याच बन्न समेत सफल भएका थिए ।

यस्तै दिउसो १ बजे भएको दोश्रो खेलमा भदौरे युवा क्लबले एपेक्स क्लब ए लाई पराजित गरेकोे छ । भदौरे युवा क्लबले ४ ३ ले एपेक्स ए लाई हराएको हो । निर्धारीत समयमा दुबै टिमबाट दुई दुई गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलीएको थियो । उक्त खेलमा भदौरेका जर्सी नं. १७ का खेलाडी कुमार के.सी. म्यान अफ द म्याच बने ।

युवा एकता र विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजित नकआउट फुटबल प्रतियोगिता बैशाख ७ गते सम्म चल्ने छ । प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद एक लाख एक हजार एक सय ११ ट्रफी, मेडल, प्रमाण पत्र र दोस्रो हुनेले नगद ५५ हजार पाँच सय ५५ ट्रफी, मेडल र प्रमाण पत्र रहने हेमजा युनाईटेडले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक विधाको पुरस्कार व्यवस्था गरिएको छ ।प्रतियोगिता सम्पन्न गर्नका लागि ११ लाख ९२ हजार छ सय ६६ आम्दानी र १० लाख २१ हजार छ सय ६६ खर्च हुने अनुमान गरिएको हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कँुवरले जानकारी दिए ।

प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कार व्यवस्था समेत गरिएको छ । प्रतियोगिताको बिहिबार बिहान ११ बजे बिष्णुपादुका क्लब ए र सहारा क्लबबीच पहिलो खेल हुनेछ । बिहिबार नै दिउसो १ बजे लेकसाईड फुटबल क्लब र सत्य युवा क्लबबीच दोश्रो खेल हुने हेमजा युनाईटेडका सचिब सरोज सापकोटाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: