
पोखरा, ७ बैशाख । हेमजा युनाईटेडले नबबर्ष २०७२ को अबसरमा आयोजना गरेको दोस्रो शुभकामना कपको उपाधि सत्य युवा क्लब बाझापाटले चुमेको छ । सहारा क्लब र सत्य युवा क्लबबीच सोमबार भएको फाईनल खेलमा सहारालाई २–० ले हराउदै उपाधि चुमेको हो। उपाधिसगै सत्य युवा क्लबले नगद एक लाख एक हजार एक सय एघार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सहाराले उपबिजेता बन्दै नगद ५५ हजार पाच सय ५५ साथमा ट्रफि, मेडल प्रमाणपत्रमा नै चित्त बुझायो । त्यसैगरि प्रतियोगितामा उत्कृष्ट कोच नयाँ गोरख गणका डम्मर तामा·, अनुशाशिति टिममा नयाँ गोरख गण, उत्कृष्ट गोलरक्षक सत्य युवा क्लवका सागर गुरुङ, उत्कृष्ट स्टाईगर साहार क्लवका सिद्धार्थ रञ्जित, उत्कृष्ट खेलाडी साहाराका सुलेमान थापा, सर्वाधिक गोलकर्ता एपेक्स क्लव वीका सुनिल सुवेदी उत्कृट डिफेन्स साहारा क्लवकै मनिष श्रेष्ठ, उत्कृष्ट मिल्ड फिल्डरमा सत्य युवा क्लवका शुशिल लामा वने।
बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा उपमहानगर पालिकका कार्यकारी अधिकृत उदय राना मगर, हेमजा युनाईटडका अध्यक्ष विजय केसी, प्रथम पुरस्कार प्रयोजक सन्तोतष किराना स्टोर्सका प्रोपाईटर सन्तोष क्षेत्री, द्धितीय पुरस्कार प्रायोजन हेमजा युनाईटेड युकेका प्रतिनिधि देवेन्द्र कुँवरले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने संघसंस्था तथा व्यक्तिलाई मायाको चिनो प्रदान गरीएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत उदय रानामगरले युवाहरुले गरेको कामप्रति प्रशंसा गर्दै नगरबाट हुने सहयोग गर्न आफु तयार रहेको बताए । प्रस्तावित हेमजा खेल मैदान गैरी वनाउने युवाहरुको उद्देश्य प्रशंशनीय छ उनले भने–यो कार्यमा नगरपालिका पनि साझेदारी वनेर काम गर्न तयार छ ।
युवा एकता र विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजित नकआउट फुटबल प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए । हेमजा युनाईटेडका अध्यक्ष विजय केसीको अध्यक्षतामका सम्पन्न भएको उक्त कार्यक्रममा सचिव सरोज सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।
