पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट लागू औषध सहित नर्वेली नागरिक पक्राउ

Share:

कास्की : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट गाँजा सहित नर्वेका नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.क.का अनुसार शुक्रवार बिहान करिब १० बजेको समयमा कास्कीको पोखरा महानगरपालिका–१४ चाउथे स्थित विमानस्थलबाट ५३ वर्षीय रुन फल्थालाई नियन्त्रणमा लिइएको हो ।
अवैध लागू औषध गाँजा बोकी विदेशी नागरिक प्रस्थान कक्षमा हिँडेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । उनको साथबाट लागू औषध पोल्यान जस्तो देखिने पदार्थ १० ग्राम र लागू औषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ३५ ग्राम बरामद भएको छ ।
फल्थामाथि अनुसन्धान गर्नको लागि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बि.क.ले बताए ।

कमेन्ट गर्नुहोस्
Share: