युक्रेनका राष्ट्रपतिले भने- रुससँगको युद्धमा अहिलेसम्म हाम्रा ३१ हजार सैनिक मारिए

155
0
Share:

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट हालसम्म ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका छन् ।

युक्रेनी राष्ट्रपतिले रुसी सेनालाई योजना बनाउन मद्दत गर्ने भएकाले घाइतेको संख्या नखुल्ने बताएका छन् ।

सामान्यतया, युक्रेनले युद्धमा मारिएका व्यक्तिहरूको संख्या खुलासा गर्दैन। तर, यो संख्या धेरै हो भन्ने जनताको विश्वास छ ।

जेलेन्स्कीको यो भनाइ यस्तो बेला आएको हो, जब केही दिनअघि मात्रै युक्रेनका रक्षामन्त्रीले पश्चिमी देशबाट सहयोग प्राप्त गर्नमा ढिलाइका कारण युक्रेनले जनताको ज्यान र भूभाग गुमाएको बताएका थिए ।

यस्तो अवस्थामा आइतवार जेलेन्स्कीले रुसको अतिरञ्जित तथ्याङ्कको जवाफमा आफूले मारिएका व्यक्तिको संख्या दिएको बताए ।

जेलेन्स्कीले भने, “युद्धमा अहिलेसम्म ३१ हजार सैनिक मारिएका छन्। तीन वा डेढ लाख वा पुटिन र उनका झूटाहरूले जे बोलिरहेका छन्। तर हामीले गुमाउने हरेक जीवन हाम्रो लागि ठूलो क्षति हो।”

कमेन्ट गर्नुहोस्
Share: