
कठमाडौं, जेष्ठ २८ । विहीबार स्थानीय बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले बढ्यो ।
यसदिन छापावाल सुन प्रति १० ग्राम ४४ हजार ४ सय ९५ अर्थात् तोलाको ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलाको ५१ हजार ७ सयमा कारोबार भएको थियोे ।
यसदिन तेजावी सुन तोलाको ५१ हजार ६ सय ५० मा कारोबार भयो । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर ७ सयमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस ११ सय ८० डलरको हाराहारीमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
