वैकल्पिक व्यवस्था नदिइकन हटाउन खोजे प्रतिकार गर्छौँ : मिटरब्याजी पीडित

134
0
Share:

काठमाडौं : २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजी पीडितहरू भृकुटीमण्डपमा आश्रय लिइरहेका छन् ।

सडक आन्दोलनको नेतृत्व गरिरहेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका निर्ग नविनका अनुसार अहिले पुन मिटरब्याज पीडित बसिरहेको भृकुटीमण्डपमा गएर पीडितलाई हटाउन खोजिएको बताएका छन् ।

‘हामीलाई भृकुटीमण्डपबाट हटाउने षड्यन्त्रसहित गृह मन्त्रालयले पठाएको प्रहरी, फेरी आएका छन्। नेपाल प्रहरी, नियोजित र पुर्ण योजना बनाई बलपुर्वक धरपकड गर्ने तयारीमा छ’, उनले भने, ‘हामीलाई वैकल्पिक व्यवस्था नदिइकन हटाउन खोजे प्रतिकार गर्छौँ।’

गृह मन्त्रालयमा आइतबार सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा गठित समितिले मिटरब्याज पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष अवधेश कुशहवा नेतृत्वको टोलीसँग पहिलो चरणको वार्ता गरेको थियो ।

 

 

कमेन्ट गर्नुहोस्
Share: