राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

220
0
Share:

काठमाडौं : राष्ट्रियसभाको नयाँ अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतविभाजन प्रक्रियाबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनी सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका थिए । उनको पक्षमा ३९ मत र विपक्षमा १७ मत खस्यो। मत विभाजन प्रक्रियामा ५६ सदस्य उपस्थित थिए ।

दुई वर्षअघि राष्ट्रपतिबाट मनोनीत भएका उनको कार्यकाल चार वर्ष बाँकी रहेकाले उनले आगामी चार वर्ष राष्ट्रियसभाको नेतृत्व गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: