
विग न्यूज
पोखरा, ३१ जेठ
कास्कीको भदौरेतामागी वडा न. १ स्थित बहादुरे उच्च मा.वि.मा चरम आर्थिक र अव्यावहारिक लापरवाही भएको भन्दै स्थानीयले छानविनको माग गरेका छन् ।
विभिन्न संंघ संस्था, तथा सामाजिक कार्यकर्ताहरुले विद्यालयबारे गरेको छानविनपछि लापरवाहीको आशंका गरिएको हो । विद्यालय तथा शैक्षिक नियमावली मिचेर अनेकौँ कार्यहरु गरिएको स्थानीयले आरोप लगाएका छन् । विद्यालयका प्राचार्य नविनराज पौडेलले विद्यार्थी र अभिभावकलाई अनावश्यक दुःख दिने गरेको, व्यक्तिगत दादागिरीका आधारमा विद्यार्थीका प्रमाणपत्रहरु रोक्ने गरेको, विद्यार्थीहरुको प्रयोगात्मक अंक मनोमानी रुपमा घटबढ गर्ने गरेको तथा अधिकारका लागि आवाज उठाउने विद्यार्थीहरुलाई विभिन्न डर, धाक धम्की दिने गरेका सोही विद्यालयका पूर्व विद्यार्थी नवराज पौडेलले जानकारी दिएका छन् ।
सो विद्यालयमा भएको अनियमितताका बारेमा पोखरा स्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले पनि अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा प्राचार्यले विद्यालयको आर्थिक श्रोत कब्जा गरी आपूm खुसी चलाएको, विदेशी दातृ निकायले दिएको आर्थिक श्रोतको अडिट रिर्पोट नबुझाएको, नियम विपरित शक्तिको आडमा शिक्षकहरु नियुक्ति गर्ने गरेको, व्यवस्थापन समितिको निर्णय अस्विकार गर्ने गरेको लगायतका अनियमितताका उजुरी आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्ञ्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका शाखा अधिकृत पावर्ती लामिछानले जानकारी दिइृन् । यस बारेमा थप अनुसन्धानका कामहरु भईरहेको पनि उनको भनाई छ ।
यसैबीच विद्यालयका प्राचार्य पौडेललाई पदबाट राजिनामा दिन माग गरेपछि जिल्ला शिक्षा कार्यालय कास्कीले पनि उनीमाथि छानविन अघि बढाएको छ ।
