तनहुँको मुसेखोलामा भाले चितुवा मृत फेला

Share:

तनहुँ । तनहुँमा एक भाले चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको व्यास नगरपालिका- १ मुसेखोलामा बुधबार भाले चितुवा मृत फेला परेको हो ।

ढाड भाँचिएको अवस्थामा भाले चितुवा मृत फेला परेको डिभिजन वन अधिकृत प्रमुख केदार बरालले जानकारी दिए । राजमार्गमा बाटो काट्ने क्रममा गाडीको ठक्करबाट घाइते भएको चितुवा मृत अवस्था फेला परेको बरालले बताए ।

मृत फेला परेको भाले चितुवा करिब ८ वर्ष जतिको उमेर र ४० किलो जति तौल रहेको छ । गएको सोमबार बिहान पनि ब्यास नगरपालिकाको जंगलमा चितुवाको एउटा बच्चा मृत फेला परेको थियो ।

तनहुँको भानु नगरपालिकामा पछिल्लो समय चितुवा आतंक फैलिएको छ । चितुवाको आक्रमणबाट डेढ वर्षयता ४ देखि ११ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भइसकेको छ ।

यो पनि:

तनहुँमा मृत भेटियो चितुवाको बच्चा

परम्परागत पासोमा यसरी पर्यो नरभक्षी चितुवा (भिडियो हेर्नुहोस)

तनहुँको भानुमा चितुवा खोरमा परेकै साँझ फेरि ७ वर्षीय बालकको ज्यान लियाे

तनहुँमा चितुवा नियन्त्रणका लागि प्रदेश सरकारबाट ३० लाख विनियोजन

तनहुँको जङ्गलमा चितुवा खोज्दै विज्ञ

कमेन्ट गर्नुहोस्
Share: