पोखराबाट १७ सवारीमार्फत ५६४ यात्रु उद्दार, प्रहरी सक्रिय

Share:

पोखरा। पोखरामा अलपत्र परेका ५६४ जना यात्रुहरूलाई प्रहरीले स्कटिङ गर्दै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाएको छ। शनिबार बिहान १०:१५ बजे पोखरा महानगरपालिका–७ स्थित पर्यटक बसपार्कबाट यात्रुहरूलाई बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरीबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार उद्धार कार्यमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोली र सशस्त्र प्रहरी बल कालिका गढको संयुक्त टोली सक्रिय थियो। उद्धार गरिएका मध्ये १४ वटा सवारी साधन काठमाडौंतर्फ र ३ वटा नारायणगढतर्फ गएका छन्। कुल १७ वटा सवारी साधनमा यात्रुहरूलाई सुरक्षित रूपमा पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: