रास्वपा पोखरा महानगरको प्रथम महाधिवेशन सम्पन्न, सभापतिमा योगेन्द्र केसी सर्वसम्मत

Share:

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर समितिको प्रथम महाधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई औपचारिक रूपमा संरचनागत रूपमा अघि बढाएको हो ।

महाधिवेशनबाट योगेन्द्र केसी सर्वसम्मत रूपमा पोखरा महानगर समितिको सभापतिमा चयन भएका छन् ।

संगठनको सुदृढीकरण र स्थानीय तहमा पार्टीको उपस्थिति बलियो बनाउने उद्देश्यका साथ आयोजित यस महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

समितिको उपसभापतिमा संगीता तिमिल्सिना गौतम चयन भएकी छन् भने सचिवको जिम्मेवारी कमल बानियाँले पाएका छन् ।

प्रथम ऐतिहासिक महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै रास्वपाले पोखरा महानगरभित्र आफ्ना राजनीतिक तथा सांगठनिक गतिविधिहरूलाई थप तीव्र र व्यवस्थित रूपमा अगाडि बढाउने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: