पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, पन्छाउने प्रयास जारी

Share:

काठमाडौं । पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

गएराति करिब १० बजे तनहुँको व्यास नगरपालिका-१२ छिरकनेमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पहिलो खसेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक सहित १५ जना र प्रहरी चौकी डुम्रेबाट ५ जनाको टोली पुगेको थियो।

रातिदेखि नै पहिरो हटाएर राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: